काठमाडौँ–नयाँ दिल्ली: सातामा एक दिन मात्र उडान नहुने

Posted on: 20 Jul, 2021

साउन ५, काठमाडौँ | कोरोना महामारीसँगै अन्तराष्ट्रिय उडान बन्द भएर खुलेपछि काठमाडौँ-दिल्ली उडान सातामा दुई पटक मात्र हुने गरेकोमा अब भने सातामा ६ उडान हुने भएको छ । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा हप्तामा कुल ६ उडान हुने भएको हो । 

सम्झौता अनुसार नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमले जनाएको छ । निगमका अनुसार सम्झौता अनुसार अब नयाँ दिल्ली-काठमाडौँ उडानमा निगमको जहाजले सोमवार, बुधवार र शनिवार उडान भर्नेछ । यसका अलावा एयर इन्डियाले यो सोमवार, बुधवार र शनिवार बाहेक तीन उडान भर्नेछ । 

यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधवार र भारतको एयर इन्डियाले शुक्रवार उडान भर्ने गरेका थिए । नयाँ तालिका अनुसार सातामा एक दिन बाहे सबै दिन काठमाडौँ-दिल्ली उडान हुने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!