राष्ट्रिय वाणिज्य बैंकको ८.५% ब्याजदर भएको ॠणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याज ?

Posted on: 09 Jun, 2021

जेठ २६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६ बर्ष अवधी तथा ८.५०% ब्याजदर भएको रु.१,००० मुल्यको "८.५% आरबीबिएल डिबेञ्चर, २०८३" को बिक्री खुल्ला गरेको छ।

बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्ने भएको छ। सो ॠणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

ॠणपत्रको बिक्री खुल्ला जेठ २५ गते देखि हुनेछ र ॠणपत्रको छिटोमा बिक्री बन्द हुने मिति जेष्ठ २८ रहेको छ भने ढिलोमा बन्द हुने मिति असार ८ गते रहेको छ। वाणिज्य बैंकको ॠणपत्रको निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ॠणपत्रमा आवेदन दिन इच्छुक लगानीकर्ताले सिडिएससीको मेरोशेयर तथा सी–आस्वा भएका बैंक वित्तिय संस्थाबाट आवेदन दिन सक्नुहुनेछ।

सो ॠणपत्रका लागि राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्ग नेपालबाट "केयर एनपी सिङ्गल ए प्लस" रेटिङ्ग पाएको छ जसले सुरक्षित लगानी रहेको संकेत गर्दछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!