नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

Posted on: 08 Jun, 2021

जेठ २५, काठमाडौँ । मंगलबार नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मको आफ्नै रेकर्ड ब्रेक गर्दै नेप्से परिसूचकले मंगलबार ५३ दशमलव ४४ अंकले बढेर २९६० दशमलव १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।  

आज ठूला क वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७ दशमलव ४७ अंकले बढेर ५२८ दशमलव १० विन्दुमा पुगेको छ । आज सबैजसो समूहहरु धनात्मक हुँदा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र लगानीका क्षेत्रहरु ऋणात्मक भएका छन् । 

आज कुल २१८ कम्पनीका ३ करोड ५७ लाख ३७४ कित्ता सेयर १ लाख ४९ हजार ७०८ पटक किनबेच हुँदा कुल १६ अर्ब ९६ करोड १२ लाख ९९ हजार ४० रुपैयाँको कारोबार भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!