निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न बैंकर्स संघको आग्रह

Posted on: 17 May, 2021

जेठ ३, काठमाडौं । निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न बैंकर्स संघले आग्रह गरेको छ । संघले हिजो एक विज्ञप्ति जारी गदै निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने जानकारी दिएको छ ।

उक्त विज्ञप्तिमा निषेधाज्ञा अवधिभर इमेलबाटै बैंक खाता नवीकरण गर्न कुनै परिस्थितिवस इमेल गर्न नसकिएको अबस्थामा निषेधाज्ञा सकिएको ७ दिन सम्म मुद्दती नवीकरण गर्न सकिने र बैंकको वेभसाइट सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएकोले सोहीबाट आफना समस्याहरु समाधान गर्न र कल सेन्टर सेवा उपलब्ध गराएर सेवा दिन उल्लेख गरिएको छ ।

त्यसैगरी उक्त विज्ञप्तिमा सकेसम्म नगद कारोवार कम गर्न एवं रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानी हरु लगायतका कार्यहरु अनलाइनबाटै गर्न आग्रह गरेको छ । हाल उपत्यका लगायत देशका धेरै ठाउँमा कोरोना संक्रमणको दोस्रो लहर उच्च भएकाले निषेधाज्ञा जारी गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!