यी हुन् तीन गाउँपालिका जहाँ अझै वाणिज्य बैंक पुग्न सकेनन्

Posted on: 16 May, 2021

जेठ २, काठमाडौँ ।  सबै स्थानीय तहका केन्द्रमा वाणिज्य बैंकको शाखा पुर्याउने नेपाल राष्ट्र बैंकको समय सकिएको ४ वर्ष बित्नै लाग्दा समेत पूरा हुन सकेको छैन । सरकारले स्थानीय तहको संख्या निर्धारण गरेपछि सबै स्थानीय तहमा शाखा पुर्याउन राष्ट्र बैंकले लक्ष्य लिएको थियो ।

२०७४ असारभित्र यो लक्ष्य पूरा गर्न निर्देशन दिए पनि अहिलेसम्म पनि सो लक्ष्य पूरा हुन नसकेको हो । नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । 

रुबीभ्यालीमा बै‌क अफ काठमाण्डू, जुनीचाँदेमा कृषि विकास बैंक र काँडा गाउँपालिकामा एभरेष्ट बैंकले शाखा खोल्ने जिम्मा पाएका छन् । बै‌कहरु शाखा खोल्न तयारी अवस्थामा रहे पनि भौतिक पूर्वाधार, सूचना तथा सञ्चार र सूरक्षा प्रबन्धका कारण अझै लक्ष्य पूरा हुन नसकेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!