मुगुमा अवैध काठ ढुवानी गर्ने चार ट्रयाक्टर वन कार्यालयको नियन्त्रणमा

Posted on: 19 Mar, 2021

दान बहादुर बुढा । चैत्र ६, मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गाँउघरबाट अबैध रुपमा काठ ढुवानि गदै गरेका चार वटा ट्रयाक्टर जिल्लाा बन कार्यालय मुगुको नियन्त्रणमा लिएको छ । मंगलबार  रोवाबाट  गमगढी आउदै गरेको लु४त ७३२७ नम्बरको ट्रयाक्टर अबैध रुपमा ओसार पसार गरेको ९७ क्युफीट छायानाथ रारा नगरपालिका वडा नमबर १रेडक्रस मार्गबाट ट्रयाक्टर ,ट्रयाक्टर चालक र काठ ओसार पोरारमा संलग्न एक जना स्थानिय लाई नियन्त्रण लिएको हो ।

अन्य ३ ट्रयाक्टर केहि दिन पहिला काठ ओसार पोसार गदै गरेको भेटाए पछि तियन्त्रणमा लिएको जिल्ला बन डिभिजन कार्यालय मुगुका  कार्यालय प्रमुख भरत बहादुर बुढथापाले जानकारी गराए । सहायक बन डिभिजन कार्यालय गमबाट १ सय ६४ क्यूफिट,सोरु सहायक वन डिभिजन कार्यालय बाट ४ सय र खत्याड सहायक वन डिभिजन कार्यालय बाट ४६ क्युफिट गरि जिल्ला भरी ६ सय १० क्युफिट व्यक्तिगत तथा सरकारी भवन बनाउने बाहानमा अबैध रुपमा ओसार पोसार गदै गरेको काठ जिल्ला प्रहरी कार्यालय ,सश्स्त्र प्रहरी, जिल्ला प्रशासनको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला वन डिभिजन कार्यालय मुगुका सुचना अधिकारी पनिल देवकोटाले बताएका छन ।

यो आवमा मात्र ८ वटा काठ तस्करी सम्बन्धिका मुद्घा प्रकृया अनुसार चली रहेका छ । भर्ने एक वटा बन्य जन्तु चोरी शिकारी सम्बन्धि को मृद्घा चलिरहेको डिभिजन बन कार्यालय मुगुले जनाएका छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!