हेटौंडामा ३५ करोड लागतमा बस टर्मिनल निर्माण गर्न संझौता

Posted on: 08 Jan, 2021

पौष २४,मकवानपुर।  हेटौंडा उपमहानगरपालिकाले ठुलो लगानीमा निर्माण गर्न लागेको बस टर्मिनल तथा कम्प्लेक्स निर्माणको आज संझौता गरिएको छ । उपमहानगरपालिकाको गौरवको आयोजानका रुपमा रहेको बस टर्मिनलको आज निर्माण कम्पनि संग संझौता गरेर काम सुरु गर्न लागिएको हो ।

कुल ३५ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको बस टर्मिनलको १८ महिनामा निर्माणको काम सक्नेगरी निर्माण कम्पनिलाई जिम्मा दिइएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नबराज घिमीरे र निर्माण कम्पनिका तर्फबाट ऋसीराज बानियाँका बिचमा संझौता भएको हो । बस टर्मिनल निर्माण गर्नका लागि रसुवा आसिस जेभी निर्माण सेवाले ठेक्का प्राप्त गरेको छ ।

सुन्दर बस पार्क सहितको ब्यापारीक कम्प्लेक्स निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो । तीन तलाको कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको उहाँले वताउनुभयो । बहुवर्षिय योजना अनुसार बसपार्क निर्माण गर्न लागिएको हो । हेटौंडाको टिसीएनको जग्गालाई उपयोग गर्दै बस टर्मिनल निर्माण गर्न लागिएको छ । संझौता भन्दा अगाबै काम सक्ने निर्माण कम्पनिले दावि गरेको छ । कार्यक्रममा उपमहानगरपालिकाका योजना महासाखाका प्रमुख सत्यनारायण ससाह लगायतकाको सहभागिता रहेको थियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!