प्रदेश नं २ सरकारद्वारा कोरोना महामारी नियन्त्रणका लागि थप सात करोड निकासा

Posted on: 31 Jul, 2020

साउन १६, जनकपुर । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबार रु सात करोड निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खाना–खाजा र श्ययाको  सङ्ख्यामा वृद्धिलगायतका लागि सो रकम निकासा गरेको जनाएको छ ।

बाराको सिमरामा कोभिड अस्पताल निर्माण गर्न रु एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शववाहन तथा एम्बुलेन्स खरिदका लागि रु एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाही जिल्लामा आइसोलेसनकक्षको व्यवस्थापनका लागि रु ७५/७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाका लागि रु ५०/५० लाख निकासा गरिएको छ । आवश्यकताको आधारमा जिल्लाबाट माग भएबमोजिम थप रकम व्यवस्थापन गरिने कार्यालयले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!