धाँचुखोला लघुजलविद्युत आयोजना सिलान्यास

Posted on: 02 May, 2019

बैशाख १९, कालिकोट । नरहरिनाथ गाउँपालिकाको धाँचुखोला लघुजलविद्युत आयोजनाको सिलान्यास गरिएको छ । राष्ट्रिय सभा सदस्य जीवन बुढाले विहीबार एक समारोहकाबीच विद्युत आयोजनाको सिलान्यास गरेका हुन् । नरहरीनाथ गाउँपालिकामा हालसम्म विद्युतीकरण भई सकेको छैन । गाउँपालिकामा विद्युत सेवा विस्तार गरी गाउँपालिको बिकासमा टेवा पु¥याउने विश्वास गरिएको छ ।


धाँचुखोला लघुजलविद्युत आयोजनाको सिलान्यास गर्दै राष्ट्रिय सभा सदस्य बुढाले अवको एक बर्षभित्र आयोजना सम्पन्न गरी गाउँपालिकामा विद्युतीकरण गर्ने दाबी गरे । ‘अबको एक वर्षभित्रगाउँपालिका ऊर्जामा आत्मनिर्भर हुन्छ’ उनले भने । निर्माणमा रहेका र तत्काल निर्माणमा जानसक्ने आयोजनाको काम सुरु हुँदा ऊजासंकट कम उनको भनाई छ । बर्षौदेखि विद्युतीकरण नहुँदा वैकल्पिक ऊर्जाको भर पर्नु पर्ने बाध्यता अब नरहने उनले बताए । ‘अब टुकीको भर पर्नु पर्ने बाध्यता रहँदैन’ उनले भने ।

आयोजनाका लागि रकमको अभाव हुन नदिने सांसद बुढाले बताइए । विकासका लागि सबै पक्षको एकता जरुरी भएको भन्दै उनले गाउएँपालिकाको बिकासका लागि पनि सबै पक्षको एकता आवश्यक भएको औल्याए । विद्युत उत्पादन गरेर मात्र नहुने भन्दै विद्युत खपतका लागि पनि प्रभावकारी योजना र उद्योगको बिकास गर्नु पर्ने आवश्यक रहेको उनको भनाई छ । ‘विद्युत भएर मात्र भएन त्यसको खपतका लागि पनि हामीले सोच्नु प¥यो’ उनले भने, ‘त्यसका लागि उद्योग धन्दको स्थापना गर्न जरुरी छ ।’ उद्योग धन्दाको बिकासले गाउँमै रोजगारी सिर्जना गर्न सकिने उनको भनाई छ ।

केन्द्र सरकारको १९ करोड लागतमा निर्माण गरिने ४२४ किलोवाट क्षमताको लघुजविद्युत आयोजनाको काम १ वर्षभित्र पुरा गर्ने गरी काम थालिएको छ । यहाँको विद्युत् उत्पादन गरी बिस्तार गर्न सके नरहरीनाथ गाउँपालिकाका ३ हजार ९ सय १० घरधुरी लाभान्वित हुने छन् । धाँचुखोला लघुजलविद्युत आयोजनाको काम सुरु भए पछि स्थानीयबासी खुसी भएको नेपाली काँग्रेसका प्रवक्ता नगेन्द्र विष्टले बताए । १ वर्षभित्रमा विद्युत् विस्तार भए परम्परागत पानी घट्ट, धुँवावाला चुलो तथा अन्य उद्योग धन्दा सञ्चालनमा सहयोग पुग्ने उनले बताए ।

जिल्लाको दुर्गम मानिने नरहरिनाथ गाउँपालिकामा विद्युतको पहुँच पुगेपछि स्थानीयबासीको आयआर्जन बढाएरजीवनस्तर उकास्न सकिने गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । गाउँपालिका र सथनीयबासीको निरन्तर प्रयासका कारण धाँचुखोला लघुजलविद्युत आयोजनाको सिलान्यास गर्न सफल भएको उनको भनाई छ । भौगोलिक विकटता र आर्थिक स्रोतका कारण अघि बढ्न नसकेकाले अब आर्थिक स्रोतको समस्या नहुने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!