किर्तीपुरमा गाडि पुगे पछि खुशियाली

Posted on: 04 Jun, 2018

जेठ २१, कालिकोट | शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ७ कृतीपुरमा पहिलो पटक गाडि पुर्याईएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा बिनियोजना गरेको ९० लाखको लागतमा निर्माणाधीन तुसार खोलादेखी कृतिपुरसम्मको ३ किलोमिटर सडक निर्माणको काम पुरा भएपछि पहिलो पटक गाडि पुर्याईएको हो ।

शान्नित्रिवेणी गाउँपालिका वडा नं. ७ की सरिता सिम्खाडाले गाउँमा गाडि पुगेपछि निकै खुसी भएको बताईन् । उनले विगतमा दैलेको टुनिबरगर पुगेर भारी भोकी सामान ल्याएको सम्झना गर्दै आफ्नै पालामा घर अगाडिबाट गाडी चढ्न पाईने भएपछि निकै खुशी लागेको बताईन् । गाउँमा गाडि पुगेपछि स्थानीयले खुशियाली पनि मनाएकाछन् ।

यातायात सेवाका हिसावले जिल्लाका अन्य स्थानीय तहभन्दा पछाडि परेको शान्नित्रिवेणी गाउँपालिकाले यस बर्ष सडक निर्माणलाई पहिलो प्राथमिकता दिए अनुसार वडा नं. ७ मा गाडी गुडाउन सफल भएको वडा नं. ७ का वडा अध्यक्ष मणीप्रसाद सिम्खाडाले बताए । उनले अब वडामा हुने स्थानीय उत्पादनहरुको बजारीकरणका साथै अन्य आयआर्जनका क्रियाकलापमा सडक सहयोगी बन्ने बताए ।

शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले तुसारखोलादेखी कृतीपुरसम्मको सडक उद्घाटन गर्दै आफुले गाउँपालिकामा सडक, विद्युत र शिक्षालाई पहिलो प्राथमिकता दिएको बताए । उनले यसै आर्थिक बर्षको अन्त्यसम्म वडा नं. ७ को तुसारखोलादेखी मुम्राचौर सम्मको सडक निर्माण पुरा गर्ने बताए ।

शान्नित्रिवेणी गाउपालिका कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले गाउँपालिकाको वडा नं. ७ कृतीपुरमा गाडी पुगेसँगै कृषि उत्पादनमा बृद्धि हुने बताए । उनले त्यहाँको सम्भावनाका हिसावले बिभिन्न जातका मौषमी तथा बेमौषमी तरकारी बालीहरुको पकेट क्षेत्रका रुपमा रहेको कृतीपुरमा अब किसानले तरकारी खेतीबाटै राम्रो आम्दानी लिन सक्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!