सहकारीमा सर्वसाधारणको पाँच खर्ब रुपैयाँ

Posted on: 29 May, 2023

जेठ १५, काठमाडौँ । सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ रहेको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार सहकारीमा सेयर सदस्य सङ्ख्या ७३ लाख ८१ हजार २१८ रहेको छ भने करिब साढे ३१ हजारको सङ्ख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

यस्तै  चालु  आर्थिक  वर्षको  आठ  महिनासम्ममा सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ बचत परिचालन भएको छ भने कर्जा प्रवाह चार खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । सहकारी क्षेत्रमा ९१ हजार तीन सय प्रत्यक्ष रोजगार रहेकामा २०७९ फागुनसम्म यो सङ्ख्या ९३ हजार ७७१ पुगेको अर्थ मन्त्रालयले प्रकाशित आर्थिक सर्वेक्षणमा उल्लेख गरेको गोरखापत्र दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!