आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 28 May, 2023

जेठ १४, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य घटेको छ ।

गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म जारी रहेको छ । बिहीबार सुन तोलामा १ हजार रुपैयाँ घटेको थियो भने सोमबार तोलामा ५०० रुपैयाँले घटेको थियो । आज आइतबार समेत तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेको हो । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ६०० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!