पशुपतिनाथ मन्दिरमा जलहरी राखेको विषयको छानबिन नरोकिने

Posted on: 28 May, 2023

जेठ १४, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले जलहरीको विषयमा माओवादी सांसदले संसदमा उठाएको विषय संसदको रेकर्डबाट हटे पनि पशुपतिनाथ मन्दिरमा जलहरी राखेको विषयको अनुसन्धान नरोकिने स्पष्ट पारेका छन् ।

उनले संसदमा सांसदहरुलाई पूर्ण वाक् स्वतन्त्रता हुने भन्दै संसदमा बोलेका कारण कुनै मुद्दा चलाउन नपाइने नियम रहेको बताए । तर यस्तो स्वतन्त्रता हुँदाहुँदै पनि यसका केही सीमा भने रहने उनको भनाई छ । असंसदीय शब्दावलि र घृणास्पद अभिव्यक्ति सांसदहरुले दिन पाउँदैनन् । लेखकले संसदीय मर्यादाभित्र बसेर बोल्नुपर्ने बताए । 

लेखकका अनुसार सांसदमा अभिव्यक्ति दिएका माननीय दाहालले विगतमा पनि भ्रष्टाचारका घटना भएका थिए भन्ने भावलाई संरक्षण गर्दै प्रतिपक्षी दलको नेतालाई इंगित गरेर बोलेको पशुपतिको सुन हो कि पित्तल हो र ओम्नीको दुई अर्ब रुपियाँ भ्रष्टाचार भएको भन्ने अंश संसद रेकर्डबाट हटेको हो । उनले सबै कुरा अध्ययन अनुसन्धान नभईकन त्यसलाई किटानी गर्न नमिल्ने बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि उनले भने ।

प्रमुख सचेतक लेखकले जहलरीको विषय पशुपति क्षेत्रविकास कोषको क्षेत्राधिकारमा पर्छ । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको उनको भनाई छ । यस सम्बन्धमा सर्वोच्चमा समेत मुद्दा छ । लेखकले भने 'तीन दल मिलेर छानबिन रोक्न मिल्दैन, रोकिँदैन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!