९ महिनामा नेपालबाट ३९ करोडको यार्सागुम्बा विदेश निर्यात

Posted on: 27 May, 2023

जेठ १३, काठमाडौँ | चालू आर्थिक वर्ष २०७९/८० को यस अवधिमा नेपालबाट ३९ करोड रुपैयाँभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ९ महिनाको अवधिमा नेपालबाट ३९ करोड ९९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट ६१७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै हङकङमा १८ करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ भने कम्बोडियामा १२ करोड २७ लाख रुपैयाँको निर्यात भएको छ ।

भियतनाममा ४ करोड ४३ लाख, अमेरिकामा १ करोड १४ लाख, सिंगापुरमा १ करोड ३१ लाख र मलेसियामा ८० लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको तथ्यांक छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!