आज एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 28 Mar, 2023

चैत १४, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजारले घटेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख ८ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार तीन सय ५५ मा आएको महासङ्घले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!