तोलामा २००० ले घट्यो सुनको भाउ,कतिमा हुँदै कारोबार?

Posted on: 22 Mar, 2023

चैत ८, काठमाडौं | नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचााद्यी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन मंगलबारको तुलनामा २ हजार रुपैयाँ घटेको हो । 

मंगलबार तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा १३३५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!