भारतमा एकैदिन २ लाखमा कोरोना संक्रमण

Posted on: 15 Apr, 2021

बैशाख २, काठमाडौँ । भारतमा  कोरोनाको दोश्रो कहर सुरुभएको छ । बुधबार एकै दिन झन्डै २ लाख जनामा कोभीड पोजेटिभ देखिएको हो । अहिलेसम्मकै सर्वाधिक १ लाख ९९ हजार ५ सय ६९ जनामा संक्रमण देखियो भारतको स्वास्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै,भारतमा मृत्युदर पनि लगातार बढ्न थालेको छ । स्वास्थ मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको ज्यान गएको छ । भारतमा कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ३ सय पुगेको मन्त्रालयको तथ्यांक छ ।

निको हुनेदर भने घटेर ८९ दशमलव ५१ प्रतिशतमा पुगेको छ । हालसम्म महामारीबाट १ लाख ७३ हजार १ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा १३ लाख ६५ हजार ७ सय ४ जनाले उपचार गराइरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!