उत्तर कोरियाद्वारा समुन्द्र भित्रैबाट मार हान्न सक्ने शक्तिशाली हतियार प्रदर्शन

Posted on: 15 Jan, 2021

माघ २, काठमाडौँ | उत्तर कोरियाले विश्वकै शक्तिशाली हतियार प्रदर्शन गरेको छ |  बिहीबार राजनीतिक भेला अन्त्यका अवसरमा नयाँ ब्यालेस्टिक मिसाइल्स प्रदर्शन गरेको हो | उक्त मिसाइल्सले समून्द्र भित्रैबाट मार हान्न सक्ने बताइएको छ |

प्रदर्शनमा सर्वोच्च नेता किम जोङ उन पनि सहभागी रहेको उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले जनाएको छ | उनले देशको सैन्य क्षमता भने बढाउने प्रतिबद्धता गरेका छन् | अधिकारीहरुका अनुसार विश्वकै सर्वाधिक शक्तिशाली हतियार, सवमारिन–लन्च ब्यालेस्टिक मिसाइल्सहरु एकपछि अर्को स्क्वायरमा प्रवेश गरेका थिए |

उक्त समारोहमा शक्तिशाली क्षमताका रकेट समेत प्रदर्शन गरेको थियो | अमेरिकी अनुसन्धानकर्ताहरुले पनि उत्तरकोरियाले प्रदर्शन गरेको नयाँ मिसाइल हाल सम्मकै ठूलो भएको बताएका छन् | एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!