एकैदिन साढे १० हजार कोरोना संक्रमित फेला परेपछि पोर्चुगलमा फेरि लकडाउन

Posted on: 15 Jan, 2021

माघ २, काठमाडौँ | कोरोना भाइरसको संक्रमण फैलिंदै गएपछि युरोपेली मुलुक पोर्चुगलले फेरि देशव्यापी रूपमा लकडाउन गरेको छ | बिहिबार मध्यराति देखि लागुहुने गरी लकडाउन घोषणा गरिएको प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बताएका छन् |

पछिल्लो समय एकैदिन साढे १० हजार कोरोना संक्रमित फेला परेपछि लकडाउन लगाइएको हो | प्रधानमन्त्री कोस्टाले कोरोनाको जोखिम बढ्दै गएकाले घरमै बस्न अनुरोध गरेका छन् | पछिल्लो समयको लकडाउनमा विद्यालय भने खुला रहने जनाइएको छ | 

बच्चाहरूको भविष्यका लागि विद्यालय खुलै राखिएको उनले बताए | पोर्चुगलमा जनवरी २४ मा राष्ट्रपतिको चुनाव हुँदैछ | सरकारले चुनावका दिन लकडाउनका प्रतिबन्धहरू खुला गरिने बताइएको छ | लक डाउन  हटाउने वा जारी राख्ने भन्ने निर्णय दुई सातापछिमात्रै गरिने सरकारी अधिकारीहरुले बताएका छन् | 

लिस्बन विश्वविद्यालयका इपिडेमिओलोजिस्ट म्यानुअल कार्मो गोम्सले संक्रमणको अवस्था क्रिसमसभन्दा पहिलाको अवस्थामा आउन ८ हप्तासम्म लाग्ने बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!