इजरायलद्वारा सिरियामाथि हवाई आक्रमण, कम्तिमा २३ जनाको मृत्यु

Posted on: 13 Jan, 2021

पुस २९, काठमाडौँ | इजरायलले सिरियामाथि गरेको हवाइ आक्रमणमा परि कम्तिमा २३ जनाको मृत्यु भएको छ | उक्त आक्रमणमा पूर्वी सिरियामका ७ सिरियाली सैनिक र १६ जना हतियारधारीहरुको मृत्यु भएको बताइएको छ |

मानवअधिकारका लागि सिरियाली पर्यवेक्षक समूहका अनुसार पूर्वी शहर देर अज जोरदेखि सिरिया र ईराकको सीमा क्षेत्र अल बुकामलसम्म ईजरायली एयरफोर्सले १८ पटकभन्दा धेरै आक्रमण गरेको छ | उक्त आक्रमणमा सातजना सिरियाली सैनिक र १६ जना गैर सिरियाली  हतियारधारीहरुको मृत्यु भएको जनाइएको छ |

लेबनानी हिजबुल्लाह अभियानसँग सम्बन्ध राख्ने अर्धसैनिक र ईरान पक्षधर अफगानी लडाकुहरुको फातिमिद ब्रिगेडले यस क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्ने गरेको बेलायतस्थित सिरियाली पर्यवेक्षक समूहले जनाएको छ |

घटनामा २८ जना  सैनिक र हतियारधारीहरु घाइते भएका छन् | अमेरिकाले नै दिएको गोप्य जानकारीका आधारमा यो आक्रमण गराइएको अमेरिकी वरिष्ठ गुप्तचर अधिकारीले एशोसियट प्रेसलाई बताएका छन् |

ती वेरहाउसलाई ईरानले आफ्ना हतियार भण्डारण गर्ने पाइपलाईनको एउटा हिस्साका रुपमा प्रयोग गरिरहेको थियो । ईरानको आणविक कार्यक्रमलार्य सहयोग गर्ने तत्वहरुको पाइपलाइनका रुपमा पनि वेरहाउस प्रयोग भइरहेको अधिकारीहरुले बताएका छन् | एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!