युरोपमा कोरोनाको तेस्रो लहर आउने डब्ल्यूएचओको चेतावनी

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौँ | युरोपमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले २०२१ को सुरुवातमा युरोपमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ | कोरोनाको संक्रमण नियन्त्रण बाहिर गएको भन्दै उक्त चेतावनी दिएको हो |

कोभिड १९ को पहिलो लहर नियन्त्रणमा आउनसाथ पूर्वतयारीको काम सुरु गर्नुपर्ने भएपनि त्यो नगरेको डब्ल्यूएचओका विशेष अधिकारी डेभिड नबारोले बताए | विश्वभर अहिलेसम्म ५ करोड ८९ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । जसमध्ये ४ करोड ७ लाख बिरामी निको भएका छन् भने १३ लाख ९३ हजारको ज्यान गइसकेको छ । झन्डै १ करोड ६८ लाख संक्रमित उपचारकै क्रममा छन, उनीहरुलाई सक्रिय संक्रमित भनिन्छ |

यसैबीच दक्षिण अफ्रिका बस्ने गरेका महात्मा गान्धीका पनाती सतिश धुपेलियाको कोरोना संक्रमणपछि निधन भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!