भारतले कब्जा गर्यो - गुरुङ हिल, मगर हिल लगायत ६ नयाँ पहाड

Posted on: 20 Sep, 2020

असोज ४, काठमाडौँ | पछिल्लो २० दिनमा भारतीय सेनाले चीन सिमानाका ६ पहाड कब्जा गरेको छ । भारतीय संचार माध्यमहरुले भारतीय सेनाको कब्जालाई लिएर ठूलो सफलताको संज्ञा दिएका छन् । चीनीया सेनाले भारतीय सेनामाथि हावी हुन ति पहाडी इलाका कब्जा गर्न चाहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।  

भारत सरकारको उच्च सूत्रका अनुसार भारतीय सेनाले सिमानामा ६ नयाँ ठूला पहाडी इलाकामा कब्जा गरेको छ । जसमा मगर हिल, गुरुङ हिल, रेजाङ ला, राचाना ला, मोखपारी र फिंगर ४ रिज लाइन रहेका छन् । 

भारतले कब्जा गरेको भनिएको ति पहाडहरु दक्षिणदेखि उत्तरी किनारासम्म फैलिएका छन् । 

सूत्रका अनुसार भारतीय र चीनीया सेनाका बीच लाइन अफ एक्चुअल कंट्रोल (LAC) संगै उचाई भएका क्षेत्रमा कब्जा गर्नको लागि भएको संघर्ष २९ अगस्तदेखि शुरू भएको थियो, जब चीनीयाले पेङगोङ झीलको दक्षिणी तटसंगै रहेको थाकुङ क्षेत्रको दक्षिणमा उच्च क्षेत्रमा कब्जा गर्ने कोशिश गरेको थियो । उच्च क्षेत्र कब्जा गर्ने क्रममा चीनीया सेनाको लक्ष्यलाई भारतले नाकाम बनाएको भारतको दावी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!