पब्जी एप बन्द भएसंगै अक्षय कुमारले 'फौजी' गेम ल्याउने घोषणा

Posted on: 05 Sep, 2020

भदौ २०, एजेन्सी | भारतमा पब्जी एप बन्द गरिसँगै बलिउड अभिनेता अक्षय कुमारले त्यसको ठाउँमा 'फौजी' नामको एप ल्याउने घोषणा गरेका छन् । 

गत बुधबार भारतमा पब्जी बन्द गरिएको थियो  युवापुस्तामाझ निकै लोकप्रिय मोबाइल गेम पब्जी बन्द गरिएसंगै त्यसको लोकप्रियताका बीच फौजी नामको एप भारत आफैले बनाउने भारतीय संचार माध्यममा चर्चा गरिएको छ  चिनिया एपको कारण सुरक्षा चुनौती बढेको भन्दै भारतले पब्जी सहित १ सय १८ एपमा प्रतिबन्ध लगाएको अवस्थामा त्यसको ठाउँमा भारतकै आइटी कम्पनीहरुले अवसर खोजिरहेका छन्  


शुक्रबार अक्षयकुमारले पब्जी जस्तै गेम ल्याउने घोषणा गरेका हुन्  उनले यस सम्बन्धमा सामाजिक संजालमार्फत जानकारी गराएका हुन्  उनले उक्त गेमको संचालन गर्दा आउने नाफाको २० प्रतिशत भारतीय सेनाको बीर कोषमा जम्मा गरिने समेत घोषणा गरेका छन्  विशाल गोन्दालको इन्डिया गेम्स र ब्यान्ग्लोरको एनकोरले मिलेर यो नयाँ एप तयार पारेको भारतीय संचार माध्यमले जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!