भाग्यले विमानमा आगो लागेन ! दुई पाइलट सहित १७ जनाको मृत्यु (७ तस्वीर हेर्नुहोस्)

Posted on: 08 Aug, 2020

साउन २४, काठमाडौँ | भारी बर्षा भईरहेको बेला भारतको केरल स्थित कारीपुर अन्तराष्ट्रिय बिमानस्थलको रनवेबाट चिप्लिएर एयर इन्डियाको विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । जसमा दुई पाइलट समेतको मृत्यु भएको छ । 

उक्त दुर्घटना शुक्रबार बेलुका ७:४१ बजेको समयमा भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । विमानको अघिल्लो भाग पूर्ण रुमा क्षतिग्रस्त भएको छ । 


उक्त विमान दुबईबाट केरलको कोझिकोड आउदै थियो । फ्लाइटमा क्रु मेम्बर सहित १९० जना यात्रा गर्दै थिए । अवतरणको क्रममा चिप्लिएर विमान दुर्घटना भयो र दुई टुक्रामा परिणत भयो । विमानमा सवार मध्ये १७ जनाको मृत्यु भएपनि बाँकी यात्रूहरु विमान दुर्घटनापछि आगो नलागेको कारणले घाइते भए । अन्यथा उक्त दुर्घटनामा थप कयौंको मृत्यु हुने सम्भावना रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारी बर्षाका कारण त्यत्रो दुर्घटना हुँदा विमानमा आगो नलागेको बताइएको छ । 


विमान रनवेबाट ओभरशूट भएपछि ३५ फीट गहिरो भागमा पछारिएको थियो । त्यसपछि दुईभागमा टुक्रिएको थियो ।

उक्त दुर्घटनामा परि गम्भीर घाइतेहरुको नजिकको अस्पतालमा भर्ना गरिएको छ । अधिकांश यात्रूलाई रगत आवश्यक भएको भन्दै अस्पतालले रक्तदानको लागि आग्रह गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!