न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

Posted on: 02 Jul, 2020

असार १८, वेलिङ्गटन, न्युजिल्याण्ड | न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । 

कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उहाँले राजीनामा दिनुभएको बताइएको छ । 

स्वास्थ्य मन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै व्यक्तिलाई आक्रोसित र रुष्ट बनाएको भन्दै चर्को आलोचना भएको थियो । 

राजीनामा घोषणा गर्दै स्वास्थ्यमन्त्री क्लार्कले आफु जिम्मेवारीमा रहदाँसम्म सम्पूर्ण शक्ति लगाएर आफुले काम गरेको दावी गर्नुभएको छ । 

उहाँले संसदमा आफु कानुन निर्माताकोरूपमा रहिरहने र त्यहाँबाट राम्रो भूमिका खेल्ने पनि उल्लेख गर्नुभयो । 

कोरोनाभाइरस नियन्त्रणको मामिलामा न्युजिल्याण्ड विश्वमै अग्रस्थानमा सफल मानिएको छ, तर मन्त्रीका रुपमा क्लार्कको भूमिका भने आलोचित हुनपुग्यो । 

उहाँ अपदस्त हुनुको पछाडि उहाँले प्रयोग गरेका शब्द नै मुख्य कारण बन्न पुगेको समाचारमा जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!