अमेरिकामा कोरोना संक्रमितको शंख्या २ लाख ६६ हजार नाघ्यो, न्युयोर्कमै १ लाख बढी संक्रमित

Posted on: 04 Apr, 2020

चैत २२, काठमाडौँ | विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शुक्रबार रातिसम्म १० लाख ८१ हजार नाघेको छ । यस्तै यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको शंख्या ५८ हजार १२८ पुगेको छ । 

यसैगरी २ लाख २७ हजार ७१९ जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ । 


कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा एकै दिन २१ हजार ३८२ नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा हालसम्म २ लाख ६६ हजार २५९ जनामा कोरोनाको संक्रमण भईसकेको छ भने हालसम्म ६ हजार ८०३ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको न्युयोर्क सहरमा मात्र कोरोना संक्रमितको शंख्या १ लाख २ हजार ८६३ पुगेको छ । 

हेर्नुहोस् अमेरिकाको बिभिन्न सहरमा कोरोना संक्रमणको पछिल्लो अवस्था: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!