अमेरिकामा संक्रमितको संख्या १ लाख १६ हजार नाघ्यो, न्युयोर्कमा एकैदिन ६ हजार संक्रमित थपिए

Posted on: 29 Mar, 2020

चैत १६, काठमाडौँ | कोरोना भाइरसका कारण अमेरिकामा सबै भन्दा बढी संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्मको आंकडा हेर्ने हो भने अमेरिकामा भाइरस संक्रमितको शंख्या १ लाख १६ हजार ५७ पुगेका छन् । 

अमेरिकामा हालसम्म १ हजार ९३७ जना कोरोना भाइरसका कारण मृत्यु भएका छन् । संक्रमितहरुको सबैभन्दा ठूलो शंख्या अमेरिकाको राजधानी न्युयोर्कमा छ । उक्त सहरमा मात्र ५२ हजार ३१८ जना कोरोना संक्रमित भएका छन् भने हालसम्म ७२८ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकाको न्युजर्सीमा भाइरस संक्रमितको शंख्या एकै दिन थप २ हजार २९९ ले बढेर ११ हजार १२४ पुगेको छ । 


त्यस्तै इटलीमा एकैदिन ८ सय ८९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या १० हजार २३ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ कूल संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ । 

हालसम्म कोरोना भाइरसको कारण विश्वमा ६ लाख ४५ हजार ९५६ जना संक्रमित भएका छन् भने २९ हजार ९८० जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमित भई १ लाख ३९ हजार ५५२ जना निको भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!