अस्ट्रेलियामा ३,८०० जना चढेको पानी जहाजका यात्रुमा कोरोनाभाइरस भेटियो,अलग राख्न चेतावनी

Posted on: 20 Mar, 2020

चैत ७, काठमाडौँ | अस्ट्रेलियामा ३,८०० जना चढेको पानीजहाजका यात्रुमा कोभिड-१९ अर्थात कोरोनाभाइरस देखापरेको छ | उक्त जहाजमा कोरोनाभाइरस संक्रमित विरामी भेटिएपछी सिड्नीमा ओर्लिएका २,७०० यात्रुलाई छुट्टै बस्न आपत्‌कालीन चेतावनी जारी गरिएको छ |

न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका छन् | उक्त जहाज बिहिबार सिड्नीमा रोकिएको थियो |

जहाजमा ३,८०० जना चढेको बताइएको छ | अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन् |  दुई यात्रु र एक चालकदलका सदस्यमा कोरोनाभाइरस देखिएको बताइएको छ |

पानीजहाज आउनु अगाडि नै अस्ट्रेलियाका विदेशबाट फर्कने सबैलाई १४ दिन सेल्फ कारन्टीनमा बस्नुपर्ने नियम भने लागु भइसकेको थियो | यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले घरभित्र पनि सबैजनाले प्रतिव्यक्ति चार वर्गमिटरको स्थान राख्नुपर्ने बताएका छन् |

अस्ट्रेलियामा १०० जनाभन्दा बढी जम्मा हुने अत्यावश्यकका बाहेक सबै भेलामा प्रतिबन्ध लगाएको छ | हालस सम्म अस्ट्रेलियामा ७०० सयभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित फेला परेका छन् |बिबिसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!