कोरोना प्रभाव : साउदी अरेबियामा सार्वजनिक यातायात बन्द

Posted on: 20 Mar, 2020

चैत ७, रियाद | विश्व्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)को रोकथामका लागि साउदी अरेबियाले १४ दिनसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ | शनिबार देखि लागु हुनेगरी साउदी अरेबियाले आन्तरिक उडानका साथै बस सेवा, ट्याक्सी, रेललगायत सार्वजनिक यातायातका साधन १४ दिनसम्मका लागि बन्द गर्ने भएको हो |

यसअघि नै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडानमा १५ दिनका लागि रोक लगाइसकेको छ |

साउदी अरेबियामा कोरोना संक्रमितको संख्या २ सय ७४ पुगेको छ । त्यहाँ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक भने अहिलेसम्म प्रकाशमा आइसकेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!