कोरोनाभाइरस : नेपाली श्रमिक रहेका देशको पछिल्लो अवस्था यस्तो छ

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौँ | कोरोनाभाइरस(कोभिड-१९)अहिले विश्वभरी फैलिएको छ | गत डिसेम्बरमा चिनको वुहानबाट सुरुभएको उक्त भाइरस हाल सम्म विश्वका १ सय ६६ देशहरु देखापरेको छ | नेपालमा भने हाल सम्म एक जनालाई मात्र देखा परेको छ |

कोरोनाभाइरसको संक्रमण भेटिएका ति व्यक्ति पनि निको भएर घर गइसकेका छन् | तर नेपाल बाहिर बैदेशिक रोजगारीको सिलसिला गएका नेपालीहरुमा कोरोनाभाइरस देखापरेको छ | युएइमा दुई जना नेपालीमा कोरोनाभाइरस देखापरेको त्यँहाको सरकारले पुष्टि गरेको छ, भने पोर्चुकलमा पनि एक जनामा देखापरेको छ | त्यस्तै अस्ट्रेलियामा एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको जनाइएको छ |

नेपालीहरुको लागि बैदेशिक रोजगारीको गन्तव्य मानिएका मुलुकहरुमा कोरोनाभाइरस फैलिसकेको छ | भाइरसबाट बच्नकालागि सबै देशहरुले आवश्यक सतर्कता अपनाईरहेका छन् | पछिल्लो तथ्याँकअनुसार १ सय ६६ देशका एक लाख ९८ हजार ७ सय ३० नागरिकलाई कोरोनाको सङ्क्रमण भएको छ | अहिलेसम्म सात हजार ९ सय ८९ जनाको ज्यान गएको छ भने ८२ हजार ७ सय ७९ जना निको भएर घर फर्किएका छन् |

नेपालीहरु रहेका खाडी मुलुकको पछिल्लो अपडेट यस्तो छ:

कतार

सङ्क्रमित संख्या : ४ सय ४२

निको भएर घर फिरेकाहरु : ४

अस्पतालमा उपचाररत : ३ सय ३८

यूएई

सङ्क्रमित संख्या : १ सय १३

निको भएर घर फिरेकाहरु :२६

अस्पतालमा उपचाररत : दुई जना नेपालीसहित ८७ 

साउदी

सङ्क्रमित संख्या : १ सय ७१

निको भएर घर फिरेकाहरु : ६

अस्पतालमा उपचाररत : १ सय ६५

बहराइन 

सङ्क्रमित संख्या : २ सय ४१

निको भएर घर फिरेकाहरु : ८८

अस्पतालमा उपचाररत : १ सय ५२

मृतकको संख्या : १

कुवेत 

सङ्क्रमित संख्या : १ सय ३०

निको भएर घर फिरेकाहरु : १२

अस्पतालमा उपचाररत : १ सय १८

मलेसिया

सङ्क्रमित संख्या : ६ सय ७३

निको भएर घर फिरेकाहरु : ४९

अस्पतालमा उपचाररत : ६ सय २२

मृतकको संख्या : २

यस बिषयमा तपाइको प्रतिक्रिया...!