मलेसियामा दक्षिणपूर्वी एसियाकै सबैभन्दा बढी कोरोना संक्रमण, दुईको मृत्यु

Posted on: 17 Mar, 2020

चैत ४, काठमाडौँ | कोरोना भाइरसको संक्रमले यतिखेर विश्वलाईनै तनाब बनाइरहेको छ । दक्षिणपूर्वी एसियामा मलेसियामा सबैभन्दा धेरै मानिसहरुमा कोरोनाको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ । 

मलेसियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयको अनुसार मंगलबार दुई जनाको ज्यान गएको पुष्टि गरेको हो । मलेसियामा हालसम्म ६ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । 

मलेसियाका सञ्चारमाध्यमका अनुसार सारावाक राज्यको राजधानी कुचिङ शहरमा एकजना ६० वर्षे व्यक्तिको ज्यान गएको जनाएका छन् । उनी स्थानीय इम्मानुएल बाप्टिस्ट चर्चका पादरी रहेको जनाइएको छ । उनको मंगलबार ११ बजे ज्यान गएको हो ।

त्यसबाहेक जोहोर राज्यान पनि अर्का व्यक्तिको ज्यान गएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा ३४ वर्षे युवा छन् । उनको मंगलबार नै स्थानीय पेर्माई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

मलेसियामा वैदेशिक रोजगारीको क्रममा लाखौँ नेपाली कार्यरत छन् । कोरोनाको जोखिम बढ्दै गएका कारण बुधबारदेखि मलेसियाले लकडाउन सुरु गर्दैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!