कोरोनाभाइरसका कारण मलेसियामा पहिलो पटक एक जनाको मृत्यु

Posted on: 17 Mar, 2020

चैत ४, क्‍वालालम्पुर | कोरोनाभाइरस(कोभिड-१९ )का कारण मलेसियामा एकजनाको मृत्यु भएको छ | मृत्यु हुनेमा ६० वर्षीय पादरी रहेका छन् | 

मेलसिया सरकारले कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ |

मंगलबार मलेसियाको विपद् व्यवस्थापन समिति सारवाकस्थित इमान्युएल बापटिस्ट चर्चका पादरीको मृत्यु भएको जनाइएको छ |

विश्वभरी फैलिरहेको नोबोल कोरोनाभाइरसका कारण हाल सम्म ७ हजार मानिसको मृत्यु भइसकेको छ | मलेसियाले बुधबार देखि विदेशी नागरिकलाई १४ दिन सम्मका लागि प्रवेशमा रोक लगाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!