कोरोनाभाइरसको संक्रमणबाट भारतमा तीन जनाको मृत्यु

Posted on: 17 Mar, 2020

चैत ४,एजेन्सी | कोरोनाभाइरस(कोभिड-१९)का कारण भारतमा तीन जनाको मृत्यु भएको छ | भारतको माहाराष्ट्रमा कोरोनाभाइरसको सबैभन्दा बढी संक्रमण देखिएको छ |

महाराष्ट्रमा हालसम्म ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | जसमध्ये तीनजना विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन् । भारतमा हालसम्म १२९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ  |

एक कर्नाटक, एकजना दिल्ली र एक महाराष्ट्र गरि हालसम्म भारतमा उक्त भाइरसका कारण तीन जनाको मृत्यु भएको छ | सोहि क्रममा मन्त्रिपरिषद्का सचिवहरुले भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर), केन्द्रीय स्वास्थ्य मन्त्रालय र अन्य मन्त्रालयका कोरोनाभाइरस सम्बन्धी वरिष्ठ अधिकारीहरुसँग भेट गर्दैछन् | 

केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले आज साँझ राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्ने र कोरोनाभाइरससम्बन्धी तयारीका बारेमा छलफल गर्ने भएका छन् | विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण जताततै त्रास बढेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!