मलेसियाले लगायो १४ दिनका लागि प्रवेश प्रतिबन्ध

Posted on: 17 Mar, 2020

चैत ४, काठमाडौं | विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस(कोभिड-१९)का कारण  मलेसियाले भोलिदेखि मार्च ३१  देखि १४ दिन  सम्मका लागि विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ | मलेसियन सरकाले कोरोना नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको हो |

उक्त लकडाउन अवधिभर देशबाहिर जान मलेसिया सरकारले आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाइएको छ | देशबाहिर रहेका मलेसियनहरू भने स्वदेश फर्किने सक्नेछन् | स्वदेश फर्किएकाहरुले अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ |

मलेसियन अधिकारीहरुका अनुसार अन्य आप्रवासी तथा पर्यटकहरुले भने प्रवेश पाउने छैनन् | यो समयमा मलेसियन सरकारले सरकारी तथा निजी कार्यालयसँगै शैक्षिक संस्थाहरू पनि यो पूर्णतः बन्द गरेको छ |

यातायात, स्वास्थ्य संस्था, वित्तीय क्षेत्र, औषधि, खाना, ग्यासलगायतका अत्यावश्यकीय सेवा भने खुला नै रहने बताइएको छ | 

मलेसियामा पनि कोरोनाभाइरसका संक्रमित व्यक्तिहरु भेटिएका छन् | हाल सम्म ५ सय ६६ मा उक्त भाइरस देखा परेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!