कोरोना भाइरस खोपको पहिलो मानव परीक्षण आज अमेरिकामा सुरु हुँदै

Posted on: 16 Mar, 2020

चैत ३, काठमाडौँ | विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ । 

उक्त भ्याक्सिन अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो । यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा आज हुँदैछ । उक्त खोप ती स्वयंसेवीहरूले सङ्क्रमित नभईकनै विभिन्न मात्रा लिने भएका छन् । 

उक्त खोपमा वास्तविक कोरोना भाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए (mRNA) को सानो भाग भएको बताइएको छ ।

बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ ।

पहिलो चरणमा कोरोना भाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ । जसको नाम mRNA-1273 नामकरण गरिएको छ । त्यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!