गर्भवती भएको थाहा पाएपछि शारीरिक सम्बन्धका बेला श्रीमानले गरे श्रीमतीको हत्या

Posted on: 16 Feb, 2020

फागुन ४, एजेन्सी | ब्राजिलमा २१ वर्षका एक युवकले शारीरिक सम्बन्धका बेला गर्भवती श्रीमतीको घाँटी रेजर ब्लेडले काटी हत्या गरेका छ | २१ वर्षे मार्सेलो अराउजोले २२ वर्षीया श्रीमती फ्रान्सिन दोस सान्तोसको हत्या गरेका हुन् | 

उनीहरु बिच शाररिक सम्बन्धका बेला तेस्रो पटक गर्भवती भएको विषयमा विवाद चर्किएको थियो | उक्त विवाद चर्कीएपछी आफुले हत्या गरेको उनका श्रीमानले स्वीकार गरेका छन् | उनीहरुका दुई सन्तान छन् | उनले आफुलाई थप सन्तान नचाहेको बताएका छन् |

श्रीमतीको हत्या पछि उनले पनि आत्महत्या गर्ने कोसिस गरेको प्रहरीले बताएका छन् | आरोपीले घटना बारे फरक-फरक बयान दिएपनि अन्तत उनले आफुले नै हत्या गरेको स्वीकारेका छन | अधिकारीका अनुसार डिसेम्बर २२ तारिखमा यो जोडीले परिवारसहित क्रिसमसको छुट्टी मनाउनेबारे छलफल गरिरहेका बेला एकाएक गर्भ बसेको कुरा निस्किएपछि उनीहरु बीच विवाद चर्किएको थियो |

उक्त विवाद पछि पनि योजोडिले शाररिक  सम्बन्ध गर्नकालागी  बेडरुममा गएको पनि खुलेको छ | तर यौन सम्पर्ककै बेला उनले मेकअप आर्टिस्ट श्रीमतीको घाँटीमा चक्कुले थुप्रै पटक हमला गर्छन् र अन्त्यमा ब्लेडले काटेको बताइएको छ  |

उनका आफन्तले सम्पर्क गर्नखोज्दा नभेटेपछि हत्या गरेको कुरा सार्वजनिक भएको हो | तेस्रो सन्तानलाई थुप्रै हप्तादेखि गर्भमा बोकेकी फ्रान्सिनलाई उनकै बेडमा मृत अवस्थामा फेला पारेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!