विवाहमा दिइयो साढे दुई किलो प्याज उपहार

Posted on: 09 Dec, 2019

मंसिर २३, एजेन्सी | अहिले प्याजको मूल्य निकै नै महँगो भएको छ | बंगलादेशका त राष्टपतिले समेत प्याज खान नै छोडे | त्यस्तै भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहमा साढे दुई किलो प्याज उपहार दिइएको छ |


नवविवाहित शाहुल र सबरिनाले केही समयका लागि आफू अचम्मित भएको बताएका छन् | अहिले उक्त राज्यमा प्रतिकिलो प्याजको मूल्य २ सय भारु छ | उपहार स्वरूप दिइएको उक्त प्याजको निकै नै चर्चा भयो | यो उपहार उनका साथी जी. चेतनसमेत ६ साथीले दिएको शाहुलले बताएका छन् | 

चेतनका अनुसार दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्न चाहन्थे तर यसको मूल्य धेरै भएका कारण यस्तो गर्न सकेनन् | पछि उनीहरुले काँक्रोको रायता बनाउने निर्णय गरे | आफूहरुले साढे दुई किलो प्याज पाँचसय भारुमा खरिद गरेको चेतनले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!