अष्ट्रेलियामा धेरै तलब पाउने लोभमा युवतीले बायोडाटा गलत दिएपछि दुई वर्ष जेल

Posted on: 08 Dec, 2019

मंसिर २२, एजेन्सी | अष्ट्रेलियामा एक युवतीले धेरै तलब पाउने लोभमा बायोडाटामा गलत जानकारी दिएकी छन् | रोनिका हिल्डा थेरिअल्टलाई अदालतले २५ महिनाको जेल सजाय सुनाइएको छ | उनले आफूलाई ‘मिस बेस्ट’ देखाउनका लागि नक्कली सन्दर्भ लिएको भन्दै अदालतले दोषी गरेको छ |

उनले बायोडाटामा १ लाख ८५ हजार डलरको नक्कली पे–स्लिप र डाक्टरको नक्कली पत्रलाई फिटनेसका लागि संलग्न गरेकी थिइन् | उनको लिन्क्डइन प्राफाइलको तस्बिर पनि अमेरिकी सुपर मोडल केट अप्टनको थियो | उनलाई सन् २०१७ मा दक्षिण अष्ट्रेलियाको सरकारको डिपार्टमेन्ट अफ प्रिमियर एण्ड क्याबिनेटमा काममा राखिएको थियो | मुख्य सूचना अधिकारीजस्तो महत्वपूर्ण जिम्मेवारी दिइएको भएपनि उनको झुट धेरै टिकेन |

उक्त कुरा थाहा पाए पछि धोका दिएको भन्दै जागिरबाट निकाल्यो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!