ट्रम्पको मजाक उडाइएको भिडियो सार्वाजनिक भएपछि स्वदेश फर्किए, के छ भिडियोमा ?

Posted on: 05 Dec, 2019

मंसिर १९, एजेन्सी | ‘उत्तर एटलान्टिक सन्धी संगठन नाटो’ शिखर सम्मेलनमा  विश्वका नेताहरुले ट्रम्पको मजाक उडाइरहेको भिडियो सार्वजनिक भएको छ | उक्त भिडियो सार्वजनिक भएपछि पत्रकार सम्मेलनसमेत रद्द गरेर  ट्रम्प अमेरिका फर्किएका छन् |

सम्मेलन सुरु हुनु भन्दा पहिलेनै भीआईपी रिसेप्सनको दौरान विश्व नेताहरुबीच भएको वार्तालापलाई त्यहीँ रहेका कुनै पाहुनाले खिचेको भिडियो सार्वजनिक भएको हो | उक्त भिडियोमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो, फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन देखिन्छन् | भिडियोलाई लिएर ट्रम्पले असन्तुष्टि जनाएका छन् |

भिडियोमा ट्रम्पको उछितो काटिरहेका ट्रूडोलाई ट्रम्पले ‘दुई मुखे’नेताको संज्ञा दिए | भिडियोमा बोरिस जोनसन फ्रान्सका राष्ट्रपति म्याक्रोसँग तपाई ढिलो आउनु भएको हो भनेर प्रश्न गरेको सुनिन्छ |जवाफ दिने क्रममा म्याक्रो आफू ४० मिनेटको पत्रकार सम्मेलन गर्ने भएकाले ढिलो भएको जवाफ दिएका छन् |

त्यसपछि म्याक्रो ब्रिटेनकी राजकुमारी एनी र डच प्रधानमन्त्री मार्क रुटसँगको भेटघाटबारे बोल्छन् | मंगलबार नै ट्रम्प र ट्रूडोबीच सौहार्दपूर्ण बैक भएको थियो | भेटघाटपछि दुई नेताले संचारकर्मीको प्रश्नको जवाफ दिए |

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!