अमेरिकामा अन्धाधुन्ध बन्दुक आक्रमण, आक्रमणकारीसमेत तीनको मृत्यु

Posted on: 05 Dec, 2019

मङ्सिर १९, एजेन्सी । अमेरिकाको हवाई राज्यमा रहेको देशको सैन्य बेस पर्ल हार्बरमा बुधबार अपरान्ह एक अन्धाधुन्द बन्दुक आक्रमण भएको छ ।

आक्रमणमा रक्षा मन्त्रालयका दुई कर्मचारीको मृत्यु भएको छ । सोही घटनामा परेर एकको अवस्था गम्भीर छ । 

अधिकारीहरुका अनुसार गोलीबारीपछि ती आक्रमणकारीले पनि आत्महत्या गरेका छन् । आक्रमणकारी एक जना अमेरिकी नौसैनिक भएको बताइएको छ ।


पर्ल हार्बरमा अमेरिकाको हिन्द–प्रशान्त महासागर क्षेत्रको नौसैनिकको लागि जहाज र पनडुब्बीहरुको आधुनिकरण हुन्छ । सो स्थानमा जहाजहरुको मर्मत–सम्भारको पनि हुने गर्छ । पर्ल हार्बरमा अमेरिकाको करीब १० नौसैनिक युद्धपोत र १५ पनडुब्बी तैनाथ छन् ।

आक्रमणका दौरान भारतीय वायुसेनाका एयर चीफ मार्शल आरकेएस भदौरिया पर्ल हार्बरमा नै थिए । उनी हिन्द–प्रशान्त क्षेत्रका अधिकारीहरुसंग एक कार्यक्रममा सहभागी थिए। घटनामा भारतीय वायुसेनाका सबै अधिकारी सुरक्षित रहेको भारतीय वायुसेनाले जानकारी दिएको छ । 

घटनापछि सैन्य बेस सम्पूर्ण रुपमा बन्द गरिएको छ । त्यस बेसमा प्रहरी सेनाको टीमको वाहनहरुलाई भित्र जाने अनुमति दिइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!