अन्तरिक्षमा पनि होटल संचालन,के-के छन् सुविधा ?

Posted on: 04 Dec, 2019

मंसिर १८,एजेन्सी | सूचना प्रविधिको विकास संगै मानिसले अन्तरिक्षमा पाईलामात्र टेकेको छैन बस्ति पनि बसालिसकेको छ | त्यस्तै पर्यटनलाई अन्तरिक्षमा उनीहरुको आगमनलाई बढवा दिन धेरै कम्पनीहरूले होटल निर्माण गर्न प्रतिस्पर्धा गरिरहेका छन् |


यी होटेलहरुमा पर्यटकहरुका लागि सुविधाजनक कोठाहरु समेत रहेको जनाइएको छ | यी होटेलहरुमा खेलहरू खेल्न समेत सकिने छ | क्यालिफोर्निया एयरोस्पेस कम्पनी ओरियन स्पानले २०२४ सम्ममा यात्रुहरूलाई अन्तरिक्षमा लैजाने योजना बनाएको छ । यसका लागि सो कम्पनी ऊरोरा नामको स्पेस स्टेशन निर्माण गर्ने काममा जुटिरहेको छ |

यो क्याप्सूल आकारको स्पेस स्टेशन निजी विमानजत्तिकै ठूलो छ । यस स्टेशनमा केवल पाँच व्यक्तिहरू एक पटकमा जान र लगभग १२ दिनसम्म बस्न सक्ने जनाइएको छ । यसका लागि प्रतिव्यक्ति ९५ लाख डलर (७० करोड रूपैयाँभन्दा बढी) खर्च हुनेछ। स्टेशनमा पुग्ने यात्रीहरू वैज्ञानिक प्रयोगहरूको अंश बन्न सक्षम हुने समेत दाबी गरिएको छ । यो स्टेशनमा बस्ने व्यक्तिले एक दिनमा १६ सूर्योदय र सूर्यास्तका दृष्यहरू हेर्न र शून्य गुरुत्वाकर्षणमा टेबल टेनिस खेल्न सक्षम हुने जनाइएको छ ।

कम्पनीका संस्थापक फ्रान्कका अनुसार स्टेशनमा यात्रा गर्नका लागि ३० जनाले ८० हजार डलर (करीव ५७ लाख रूपैयाँ) जम्मा गरेर आफ्नो सीट बुकिङ गरिसकेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!