बलात्कारपछि जिउँदै जलाएर २७ वर्षे युवती प्रियंकाको हत्या

Posted on: 29 Nov, 2019

मंसिर १३,एजेन्सी | भारतमा २७ बर्षिय एक युवतीको बलात्कार पछि ज्युदै जलाएर हत्या गरिएको छ | प्रियंका रेड्डीको स्कुटर पंक्चर भएको अवस्थामा उनीमाथि बलात्कार गरेर हत्या गरिएको हो | तेलुगु मिडियाको अनुसार उनि जागिर गर्थिन स्कुटीलाई टोंडुपल्ली टोल प्लाजा नजिकै पार्क गरेर ट्याक्सी चढेर काममा जाने गर्थिन् | 

कामबाट फर्केपछि उनको स्कुटी पंक्चर भएको थियो | त्यसपछि उनले स्कुटीलाई टोल प्लाजामा राखेर ट्याक्सी नै चढेर घर फर्कने निर्णय गरिन | उक्त  प्लाजामा दुई जनाले  प्रियंकालाई पंक्चर बनाइदिने अफर दिए र स्कुटी लिएर गए | जुन कुरा आफ्नी बहिनीलाई उनले फोनबाट जानकारी गराएकी थिइन | फोनबाट बहिनीलाई उनले सडकमा एक्लै उभिन डर लागिरहेको र अचानक केही मानिसहरु देखिएको र ट्रकजस्तो वस्तु देखिएको पनि बताएकी थिइन् |


केहि समय पछि फोन गर्ने भन्दै  प्रियंकाले आफ्नी बहिनीलाई भन्छिन तर त्यसपछि उनको फोन स्विच अफ हुन्छ | त्यसपछि उनको परिवारका मानिसहरुले टोल प्लाजा नजिकै प्रियंकाको खोजी गर्छन् र स्थानीय पुलिस स्टेशनमा प्रियंका हराएको भन्दै रिपोर्ट दर्ता गराउँछन् |

त्यसपछि बिहिबार बिहान पुलमुनी आधा जलेको शव भेटिएको जानकारी पाउछन |  जुत्ता र स्कार्फबाहेक सय मिटरको दुरीमा प्रियंकाको भित्री वस्त्र पनि भेटिएको थियो जसको आधारमा घरका सदस्यले उनको पहिचान गरे | दुर्घटना स्थलभन्दा केही पर उनको भित्री वस्त्र पनि भेटिएपछि प्रियंकामाथि बलात्कार भएको आशंका गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!