भूकम्पमा हजुरआमाले आफू मरेर पनि नातीलाई काखमा लुकाएर बचाइन्

Posted on: 27 Nov, 2019

मङ्सिर ११, एजेन्सी | अल्बानियामा मंगलबार गएको भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ | राजधानी तिरानाबाट ३४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो |  स्थानीय संचारमाध्यमका अनुसार करिब ६ सय जनाको अस्पतालमा उपचार भइरहेको छ |


तर एक  वृद्ध महिलाले आफु मरेर पनि आफ्नो नातिलाइ बचाएकी छन् | उद्धारकर्मीले जब एक वृद्ध महिलाको शव भेटे तब उनी आफ्नो नातीसँग थिइन् । ती हजुरआमाले आफ्नो नातीलाई यसरी समातेकी थिइन् कि बच्चाको सकुशल उद्धार गर्न सकियो |


भूकम्पपछि उद्धारकार्य तीब्र रुपमा जारी छ । सेना, पुलिसले भवनबाट मानिसहरुलाई निकालिरहेका छन् | अधिकारीका अनुसार अहिलेसम्म भूकम्पग्रस्त भवनबाट ४२ व्यक्तिलाई जिउँदो निकालिएको छ ।  यसअघि सन् १९७९ मा ६.९ रेक्टर स्केलको भूकम्प आएको थियो | यो भूकम्पमा १३६ जनाको ज्यान गएको थियो भने करिब एक हजार घाइते भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!