कुवेतका प्रधानमन्त्री इजिप्ट भ्रमणमा

Posted on: 20 Oct, 2019

कात्तिक ३, कुवेत सिटी (रासस-सिन्ह्वा) |  कुवेतका प्रधानमन्त्री शेख जाबेर अल–मुबारक अल–हमाद अल–सबाह इजिप्ट भ्रमणमा जान लाग्नुभएको छ । 

आइतबारदेखि सुरु हुने दुई दिवसीय भ्रमणका क्रममा उहाँले दुई पक्षीय हित र सहकार्यका बारेमा छलफल गर्नुहुने कुबेती उपविदेशमन्त्री खालिद अल–जाराल्लाहले बताउनुभयो । 

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिको गत अगस्टको भ्रमणको निरन्तरताको रुपमा यो भ्रमणलाई लिइएको छ ।

मध्यपूर्वी क्षेत्रमा विभिन्न देशहरुका बीचमा तनाव बढिरहेका बेला उहाँको यो भ्रमण हुन लागेको हो । यो भ्रमणलाई आर्थिक पक्षबाट महत्वपूर्ण भ्रमणको रुपमा लिइएको छ ।

भ्रमणका क्रममा कुवेती प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भेट्नुका साथै केही सहमतीहरुमा हस्ताक्षर समेत गर्ने कार्यक्रम रहेको छ  

यस बिषयमा तपाइको प्रतिक्रिया...!