भारतमा रहेका अवैध आप्रवासीलाई निकाल्ने भारतीय गृहमन्त्रीको घोषणा

Posted on: 19 Sep, 2019

असोज २, काठमाडौं | भारतमा रहेका अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने भारतका केन्द्रीय गृहमन्त्री अमित शाह घोषणा गरेका छन् | उनले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गरिने बताएका हुन् |

मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ ? यसरी देश चल्दैन ।’ देशका सबै नागरिकले दर्ता हुनपर्ने उनले बताए | चुनावी घोषणापत्रमा नै भाजपाले देशभर एनआरसी लागू गर्ने प्रतिबद्धता जनाएको साह भने |

अन्यथा कानूनी प्रक्रियाहरुमार्फत कारबाही गर्ने उनको भनाइ छ | नेसनल रजिस्टरको भारतमा रहेका नेपाली र नेपालीभाषीहरुलाई अप्ठेरोमा पार्न सक्ने आकलन गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!