भारतीय प्रधानमन्त्री मोदीले लगाउने कुर्ताको चर्चा, आज ६९ औं जन्म दिन मनाउदै मोदी

Posted on: 17 Sep, 2019

भदौ ३१, काठमाडौँ | भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज १७ सेप्टेम्बरका दिन आफ्नो ६९ औं जन्मदिन मनाउदैछन । भारतको पहिलो प्रधानमन्त्री पन्डित जवाहर लाल नेहरू र स्वर्गीय राजीव गान्धी पछि भारतको सबैभन्दा स्टाइलिश र स्मार्ट प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीलाई मानिन्छ । युवाहरुको लागि फेशन आइकन बनिसकेका भार्तिय्य प्रधानमन्त्री मोदीको कुर्ताको स्टाइल निकै चर्चामा छ । भारतमा आधा कल्दर भएको कुर्ताको फेशन ल्याउनेको नाममा मोदीकै नाम आउँछ । 

जब एक पटक मोदीलाई उनको स्टाइलिश आधा कल्दर भएको कुर्ताको बारेमा सोधियो, तब उनले भने 'आरएसएस र भाजपामा कामको मतलब सिर्फ लगातार यात्रा गर्नु होइन, अनिश्चित र नराम्रोमा कार्यक्रम गर्नु पनि हो । र म त आफ्नो कपडा संधै आफै धुन्थें, मैले सोचें कि पुरै कल्दर भएको कुर्ता धुनु बढी गाह्रो हुन्छ र समय पनि धेरै लाग्थ्यो तब मैले आफ्नो कुर्ता काटेर आधी कल्दरको बनाउने फैसला गरें ।' यसरी मोदीको स्टाइलमा कुर्ता तथा ज्याकेटको शुरुवात भयो ! यसको अलावा ‘मोदी मास्क’, कप, टी-शर्ट, चकलेट जस्ता चीज पनि समय-समयमा भारतमा चर्चामा रह्यो, तर ति मध्ये कुनै पनि सामान मोदी कुर्ता जति लोकप्रिय भएन । 



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कपडाको स्टाइलको चर्चा बिशेष गरि कुर्ताकै कारण हुन्छ । त्यसमा पनि उनि कति स्टाइलिश छन् भने कुरा उनले पाएको पदबाटै महत्व झल्किन्छ । मोदी प्राय स्टाइलमै रहन चाहन्छन ।

मोदीको ड्रेसिङ छनोट उनका जनताहरुले खूब मन पराउनु कारण उनले मोदी कुर्तासँग सुहाउने तरिकाले लगाउने अन्य पहिरन हो । उनले कुर्ता सँग लगाउने रंगी-बिरंगी पगडीको पनि उत्तिकै चर्चा छ भारतमा । उनि विदेश दौरानको क्रममा भने कुर्ता नभएर प्राय कोट पाइन्टमा देखिन्छन् । 


उनको लगाईलाई देखेर मानिसहरुले जान्न चाहे कि मोदीले आफ्नो कपडा कहाँ सिलाउँछन् ? यसको खुलाशा गर्दै मोदीले एक कार्यक्रममा भने कि उनि आफ्नो कपडा अहमदाबादको त्यसै टेलरबाट सिलाउछन्, जहाँ उनले बर्षौं अघि देखि आफ्ना कपडा सिलाउदै आएका छन् । भारतीय प्रधानमन्त्री मोदीको स्टाइल साधारण हुनुको साथै रोयल लुक पनि छ । आफ्नो ड्रेसिङ सेन्सलाई लिएर मोदीले भन्छन् कि उनि मौसम र आरामलाई ध्यान दिएर आफ्नो लागि कपडा छनोट गर्छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!