भारतीय चन्द्रयान-२ पुग्यो चन्द्रमाको कक्षमा

Posted on: 20 Aug, 2019

भदौ ३, एजेन्सी | भारतको चन्द्रयान -२ मङ्गलबार चन्द्रमाको कक्षमा पुगेको छ। भारतबाट चन्द्रयान २२जुलाईमा प्रक्षेपण गरिए को थियो। उक्त चन्द्रयान तीन लाख ८४ हजार किलोमिटरको यात्रा गरेर चन्द्रमाको कक्षमा पुगेको हो।

भारतको अन्तरिक्ष एजेन्सी आइएसआरओले विभिन्न कठिनाइपछि चन्द्रयान २ चन्द्रमाको ध्रुवमाथिको अन्तिम कक्षमा पुग्ने बताएको छ। त्यो कक्ष चन्द्रमाको सतहभन्दा १०० किलोमिटरमात्र माथि रहेको छ।

सेप्टेम्बरको ७मा चन्द्रयान २ चन्द्रमाको दक्षिण भागमा अवतरण गर्ने आइएसआरओले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!