पाकिस्तानी प्रधानमन्त्री इमरान खान भन्छन : भारतलाई पाठ सिकाउने समय आयो

Posted on: 15 Aug, 2019

साउन ३०, एजेन्जी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित कश्मीरको विधानसभाको विशेष सत्रलाई सम्बोधन गर्दै जम्मू कश्मीरसम्बन्धी धारा ३७० अन्त्य गरेर नरेन्द्र मोदीको आफ्नो अन्तिम कार्ड प्रयोग गरेको बताएका छन् । 

उनले मोदीको कदमलाई हिटलरको कदमसँग तुलना गरे । उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा कुनै कदम चाल्ने तयारीमा रहेको र युद्ध भएमा पाकिस्तान पूर्ण रुपमा तयार रहेको बताए । उनले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘इट्टाको जवाफ पथ्थरले दिने’ बताए । इमरानले भने ,‘नरेन्द्र मोदीले जुन कार्ड खेलेका छन् । यसले कश्मीर स्वतन्त्रताको नजिक लानेछ ।’ पाकिस्तानका प्रधानमन्त्रीले आफ्नो भाषणमा कयैन पटक राष्ट्रिय स्वयंसेवक संघको नाम लिए र भारतमा हाल भइरहेको सबै कुरा आरएसएसले लिएको विचारधाराको कारण भइरहेको बताए । 

उनले आरएसएसको विचारधारा हिटलरको नाजी पार्टी समान भएको आरोप लगाए । पाकिस्तान भारतले जम्मू–कश्मीर राज्यलाई दिइरएको विशेष दर्जा खोसेर प्रदेशलाई दुई केन्द्र शासित प्रदेशमा विभाजित गरेपछि रुष्ट बनेको छ । उसले त्यसविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिइरहेको छ । 

बुधबार पाकिस्तानका प्रधानमन्त्री इमरान खान पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगेका थिए । पाकिस्तानले उक्त क्षेत्रलाई आजाद पाकिस्तान भन्ने गरेको छ । त्यस क्षेत्रमा उसले छुट्टै राष्ट्रपति र प्रधानमन्त्रीको व्यवस्था पनि गरको छ । 

पाकिस्तानको प्रभाव भने भारतको शासनमा रहेको कश्मीरी भू–भागलाई एकीकरण नगरेसम्मको लागि रहेको बताइएको छ । इमरानलाई पाकिस्तान प्रशासित कश्मीरका राष्ट्रपति सरदार मसूद खान र प्रधानमन्त्री राजा फारुक हैदरले स्वागत गरेका थिए । त्यहाँ उनलाई ‘गार्ड अफ अनर’ पनि दिइएको थियो । 

पछि विधानसभालाई सम्बोधन गर्ने क्रममा उनले भारतप्रति आक्रोस पोखेका थिए । इमरानले मुख्यतः मोदी र उनले सानै उमेरदेखि प्रशिक्षण  लिएको आरएसएसको विचारधाराको आलोचना गरेका थिए । उनले भारतलाई पाठ सिकाउने बेला आएको पनि बताए । 

आरएसएसएस विचारधारा नाजी पार्टीबाट प्रभावित भएकाले त्यसले भारतको हिन्दूलाई सर्वश्रेष्ठ जाति मान्ने गरेको औल्याउने र त्यसबाहेकका अन्य अल्पसंख्यक समुदाय मुसलमान, शिख, दलित र आदीवासीलाई हेयको रुपमा हेरिरहेको आरोप लगाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!