इरानी विदेश मन्त्री भारतमा

Posted on: 14 May, 2019

बैशाख ३१, नयाँ दिल्ली   | इरानी विदेश मन्त्री जाभेद जारिफ सोमबार राति नयाँ दिल्लीको भ्रमणमा पुग्नु भएको छ । 

उहाँले मङ्गलबार आफ्ना भारतीय समकक्षी शुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सन् २०१९ भित्रै इरानी विदेश मन्त्री जाभेदको भारतको यो दोस्रो भ्रमण हो ।  यसअघि उहाँले उहाँले सन् २०१९ को जनवरी ७ देखि ९ भारतको भ्रमण गर्नुभएको थियो । 

दुई मन्त्रीबीच मङ्गलबार हुने भेटवार्तामा इरान र संयुक्तराज्य अमेरिकाबीच हाल जारी विवादको विषयमा पनि वार्ता हुने जनाइएको छ ।

करिब दुई हप्ता अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्ध घोषणा गरे पनि तेल आयात गरिरहेका मुलुकहरुले अब त्यस्तो छुट नपाइने घोषणा गरेपछि तेल आयातमा कठिनाई उत्पन्न भएको छ । त्यस्तो छुटको उपभोग भारत लगायत दक्षिण कोरिया, जापान, चीन समेतका मुलुकले गरिरहेका थिए । 

भारतलाई आवश्यकता रहेको कुल तेलको करिब १० प्रतिशत इरानले आपूर्ति गर्दै आएको बताइन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!