घरको छाना खस्दा तीनको मृत्यु

Posted on: 14 May, 2019

बैशाख ३१, जोधपुर  | राजस्थान राज्यको जोधपुर जिल्लाको प्रिथभिपुरा क्षेत्रमा निर्माणाधीन एक भवनको छाना खस्दा सोमबार कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै एकजना घाइते भएका छन् ।  

स्थानीय समयाअनुसार सोमबार राति ११ बजे उक्त घरको छाना खसेको थियो । सो घरभित्र चार व्यक्ति बसिरहेका थिए । उनीहरुलाई खसेको छानाले थिचेको थियो ।

सो घटनामा घाइते भएका व्यक्तिहरुलाई तत्काल अस्पताल लगिएको प्रहरीले बताएको छ । घाइतेमध्ये तीन जनाको तत्काल मृत्यु भएको र एकको अस्पतालमा उपचार भइरहेको जोधपुर जिल्ला प्रमुख प्रकाश राजपुरोहितले एएनआइलाई बताउनु भएको छ ।

 यस घटनको अनुसन्धान जारी रहेको राजपुरोहितले बताउनु भएको पनि समाचारमा जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!